विराटनगर : विराटनगरमा आठौँ भक्का दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रम सम्पन्न भएको छ । राजवंशी चलचित्रकर्मी समाद समितिले भक्का दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रम सम्पन्न भएको हो ।
समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले विराट राजवंशी समुदायले आफ्नो सांस्कृतिक पहिचान तथा खाना प्रवर्द्घन गर्न आयोजना गरिएको कार्यक्रमको प्रशंसा गर्नु भएको थियो ।
कार्यक्रममा राजवंशी समुदायको प्रचलित परिकार भक्का खाँदै समाद समितिमा आवद्ध कलाकारहरूको प्रस्तुती समेत प्रदर्शनी गरिएको समितिका कोषाध्यक्ष किसन राजवंशीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२५-०१-१३ , समय : १९:०४:२६ , २३ घन्टा अगाडि