विराटनगर : नेपाल खेलकुद महासंघ मोरङ जिल्ला संगठन कमिटी अध्यक्षको जिम्मेवारी सीता राय ( शितल ) ले पाउनुभएको छ । नेपाल खेलकुद महासंघको पुस ११ गते बसेको केन्द्रीय सचिवालयको बैठकले रायलाई जिम्मेवारी प्रदान गरेको हो ।
सचिवालयको बैठकले माघ ५ गते मोरङ जिल्ला कमिटीको निर्वाचन सम्पन्न गर्ने गरि केन्द्रीय सचिवालय सदस्य रायलाई जिम्मेवारी प्रदान गरेको हो ।
राय नेतृत्वको संगठन कमिटीको उपाध्यक्षमा नन्दलाल मण्डल र रिक्की राणा , सचिवमा सागर केसी , सह-सचिवमा मेनुका ठाकुर र मिलन खत्री र कोषाध्यक्षमा करूणा दाहाल मनोनित हुनुभएको छ ।
प्रकाशित मिति: २०२४-१२-२९ , समय : १९:१६:५९ , ३ दिन अगाडि