बाबु छोराको हत्या आरोपमा जेठो छोरा पक्राउ

विराटनगर । भक्तपुरमा खोटाङका कुलप्रसाद आचार्य र छोरा प्रविणको हत्या घटनामा प्रहरीले कुलबहादुकै जेठो छोरालाई पक्राउ गरेको छ । मंगलबार बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कुलबहादुरको जेठो छोरा मिलन आचार्यलाई पक्राउ गरेको हो ।

खोटाङको दिक्तेल रुपाकोटमझुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुलप्रसाद र उनका कान्छो छोरा २२ वर्षीय प्रविण सोमबार ९हिजो० मृत फेला परेका थिए ।

भक्तपुरको बालकोटस्थित एक घरमा दाजुभाइ मिलन र प्रविण कोठा भाडामा लिएर बस्दै आएका थिए । उनीहरूलाई भेट्न कुलप्रसाद केही दिनअघि मात्र खोटाङबाट आएका थिए ।

प्रहरीको अनुसन्धानका क्रममा मिलन शनिबार राति कोठाबाट बाहिर निस्किएको सीसीटीभी फुटेजमा देखिएको थियो । प्रहरीले उनीमाथि सोधपुछ गरिरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनले हत्या स्वीकार गरेका उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकारीले बाह्रखरीलाई जानकारी दिए ।

प्रकाशित मिति: २०२४-१२-२५ , समय : ०७:३१:३९ , १२ घन्टा अगाडि