स्थानीय तह उपनिर्वाचन : मौनअवधि सुरु

यही मंसिर १६ गते हुने स्थानीय तह उपनर्वाचनको  मौनअवधि बिहीबार मध्यरातिदेखि सुरु हुने भएको छ । विगतमा मौनअवधि भनिए पनि अहिले निर्वाचन आयोगले यस समयलाई प्रचारप्रसार निषेध अवधि भनेको छ ।

चुनावको प्रचार प्रसार गर्न रोक लगाइएको अवधिलाई निषेध वा मौनअवधि भन्ने गरिएको छ ।  यही मंसिर १६ गते आइतबार स्थानीय तह उपनिर्वाचन हुँदै छ । ३२ जिल्लाका ३८ स्थानीय तहमा रिक्त ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति: २०२४-११-२९ , समय : ०६:४०:१५ , ३ हप्ता अगाडि