ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) डिल्लीबजार कारागार चलान भएका छन् ।
पुनरावेदन अदालतको ज्यान मार्ने उद्योगमा उनलाई दोषी ठहर गर्ने फैसलालाई सर्वोच्च अदालतले सदर गरिदिएपछि मंगलबार प्रहरीलाई काठमाडौँबाट पक्राउ गरेको थियो । २०६१ वैशाख ३१ गते काठमाडौंमा मिलन गुरुङ (चक्रे मिलन)लाई धारिलो हतियार प्रहार गरी ज्यान मार्ने उद्योग गरेको कसुरमा उनलाई उच्च अदालत पाटनले ५ वर्ष कैद सजाय तोकेको थियो । जसलाई यही कात्तिक कात्तिक २० गते सर्वोच्च अदालतले सदर गरिदियो । यसपछि प्रहरीले उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइएको थियो ।
यसअघि ३२ महिना जेल बसिसकेकाले उनी अब २८ महिना कारागार बस्नेछन् ।
प्रकाशित मिति: २०२४-११-१२ , समय : १६:१९:०९ , १ महिना अगाडि