काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाने भएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार समितिमा आज हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोग, ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा प्रधानमन्त्री ओली सहभागी हुने कार्यक्रम रहेको छ ।
अपराह्न १२: १५ बजेका लागि बोलाइएको बैठक सिंहदरबारस्थित कनुन न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बस्ने समितिको सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: २०२४-१०-२८ , समय : ११:१६:२० , २ महिना अगाडि