प्रधानमन्त्री केपी शर्मा ओलीले डेमोक्रेसी, देश र जनताको लागि काम गर्न कांग्रेस र एमाले मिलेको बताएका छन्।
वन तथा वातावरण मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यी दुई पार्टी आआफ्नो प्रतिबद्धता स्पष्ट रहेको बताए।
उनले भने, ‘अहिलेको सरकार नेकपा एमाले र नेपाली कांग्रेस यी दुई वटा नेपालको राजनीतिक, सामाजिक, यस इतिहासमा परिवर्तनका कुराहरुमा, योगदानका कुराहरुमा र परिवर्तन साकार पार्न लड्ने कुराहरुमा यी पार्टीहरु सदैव अग्रणी रहेका हुन् र यिनले असाधारण योगदान पनि गरेका छन्।’ उनले सरकारले कसैलाई भोकै पर्न पनि नदिने र मर्न पनि नदिने बताए ।
प्रधानमन्त्री ओलीले आगामी नोभेम्बर २०२४ मा अजरबैजानको बाकुमा हुने विश्व जलवायु सम्मेलन (कोप-२९) हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्त रुपमा उठाइने बताए ।संयुक्त राष्ट्रसंघको ७९औं महासभाका मञ्चमा नेपालले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई कोप सम्मेलनमा अझ प्रभावकारी रूपमासशक्त उठाउन तयारी भएको उनले बताए ।
नेपालमा हिमालहरुले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेको सन्दर्भमा विश्वमा भएको कार्बन उत्सर्जनका कारणबाट हिमालहरु जोगाउनु र नेपालले कार्बन उत्सर्जन गर्ने मुलुकबाट उचित क्षतिपूर्ति पाउनु विश्वको हितमा हुने उनको भनाइ छ ।
प्रकाशित मिति: २०२४-१०-२६ , समय : १५:५६:२४ , २ महिना अगाडि