ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत सिभिल इन्जिनियर मो. अख्तर हुसैन १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई सोमबार पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
प्रवक्ता घिमिरेका अनुसार खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
आयोगको टोलीले हुसैनलाई सेवाग्राहीबाट लिएको १ लाख रुपैयाँसहित फुङलिङ नगरपालिका वडा नम्बर ४ न्युरोड ट्याक्सी स्ट्यान्ड नजिकबाट पक्राउ गरेको हो ।
प्रकाशित मिति: २०२४-०७-०२ , समय : १९:५४:०७ , ६ महिना अगाडि