घुस लिँदालिँदै पक्राउ परे सिम्रौनगढ नगरपालिकाका हाकिम

बारा सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका छन् ।

कलैया उपमहानगरपालिका भरतचौकबाट घुसबापत ७८ हजार रुपैयाँ लिएलगत्तै साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

अख्तियारको हेटौँडा कार्यालयबाट पुगेको टोलीले साहलाई बिहीबार नियन्त्रणमा लिएको हो । गएको असारदेखि साह निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवाललाई कीर्ते कागजात पेस गरेको आरोपमा निलम्बन गरेपछि साहले निमित्त पाएका थिए । तर, उनी पनि घुस लिएको आरोपमा पक्राउ परे ।

प्रकाशित मिति: २०२४-१०-२४ , समय : १७:४७:१४ , २ महिना अगाडि