नयाँ दिल्ली । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गर्दै रतन टाटाको मृत्यु भएको पुष्टि गरेका छन्।
रतनको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशका धेरै दिग्गजहरुले दुःख व्यक्त गरेका छन् ।
राष्ट्रपति द्रौपदी मुर्मुले ट्वीटरमा रतन टाटाको निधनले भारतले कर्पोरेट वृद्धिलाई राष्ट्र निर्माण र उत्कृष्टतालाई नैतिकतासँग जोड्ने प्रतीक गुमाएको उल्लेख गरेकी छिन् ।
रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो । उनले ९ अक्टोबर २०२४ मा अन्तिम सास फेरे । भारत सरकारले रतन टाटालाई पद्मविभूषणबाट सम्मानित गरेको छ ।
प्रकाशित मिति: २०२४-१०-१० , समय : १९:३१:५० , २ महिना अगाडि