बागमती र कोसीका केही ठाउँमा भारी वर्षा हुने अनुमान

हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावसमेत छ।

यतिबेला (बिहीबार बिहान) कोसी, मधेस, बागमती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

कोसी र बाग्मती प्रदेशका थोरै स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। त्यसैगरी गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ।

दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, मधेस प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोसी र बाग्मती प्रदेशका एकदुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको छ। कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ।

प्रकाशित मिति: २०२४-१०-०३ , समय : ०७:१८:३० , ३ महिना अगाडि