नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हरेक ठाउँमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन्।
आइतबार पार्टीको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले बिना पैसा कुनै पनि सरकारी सेवाहरु प्राप्त गर्ने परिस्थिति नरहेको बताए। उनले भ्रष्टाचार र बेथितिको अन्त्य कसरी गर्ने भन्नेबारेमा काम गर्न आवश्यक रहेको बताए।
उनले आफ्नो स्वार्थको निम्ति सरकारी ढुकुटी खर्च गर्ने परम्परा हटाउन आवश्यक रहेकोमा जोड दिए। उनले उत्पादनको विकास गर्नका लागि रोजगारी प्रवर्द्धन गर्न आवश्यक रहेको बताए।
उनले विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानका पक्षमा सबैले गम्भीर भएर सोच्न जरुरी रहेको बताए। उनले त्यसका लागि नेपालका कम्युनिष्ट पार्टीहरुमा एकता र सहमति आवश्यक रहेको उल्लेख गरे।उनले भने, ‘अहिले प्रत्येक ठाउँमा भ्रष्टाचार छ। बिना पैसाको कुनै काम हुँदैन। सेटिङहरु मिलाइएको छ। त्यसैले यो बेथितिको अन्त्य गर्ने कसरी? यो नीतिमा पनि देखा पर्छ। काम र व्यवहारमा देखापर्छ। दोस्रो समस्या भनेको सामग्रिक बृहत चिन्तनको कमी।
प्रकाशित मिति: २०२४-०६-३० , समय : १९:५७:५८ , ६ महिना अगाडि