भारतको दिल्लीले पायो तेस्रो महिला मुख्यमन्त्री

भारतीय संघीय राजधानी क्षेत्र दिल्लीले महिला मुख्यमन्त्री पाएको छ । सन् २०१५ बाट निरन्तर मुख्यमन्त्री हुँदै आएका आम आदमी पार्टी (आप)का नेता अरविन्द केजरिवालले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीको चर्चा सुरु भएको थियो । नयाँ मुख्यमन्त्री ४३ वर्षकी अतिशी हुने भएकी छन् । भारतीय तथा विश्व मिडियाहरुका अनुसार मंगलबार भारतीय समयअनुसार साढे चार बजे उनको शपथ हुने भएको हाे ।

अतिशीले शपथ खाएसँगै उनी दिल्लीको मुख्यमन्त्रीका साथै भारतको बहालवाला दोस्रो महिला मुख्यमन्त्री हुनेछिन् । २८ राज्य र ८ केन्द्र शासित इकाइ भएको भारतमा मंगलबारबाट पश्चिम बंगालकी ममता बेनर्जी र दिल्लीकी अतिशी दुई महिला मुख्यमन्त्री हुनेछन् ।

प्रकाशित मिति: २०२४-०९-१७ , समय : १९:२०:०३ , ३ महिना अगाडि