इन्द्रजात्राको अवसरमा आयोजित समारोहमा हेर्न वसन्तपुर पुगेका काठमाडौँ महानगरका मेयर बालेन शाहको तस्बिर अंकित टिसर्ट लगाएका युवालाई प्रहरीले त्यहाँबाट हटाएको छ ।
काठमाडौँ महानगरपालिकाले हरेक वर्षझै यसवर्ष पनि वसन्तपुरमा इन्द्रजात्रा विशेष कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिको सहभागी हुने गर्छ ।
सोही कार्यक्रममा सहभागी हुन पुगेका बालेनको तस्बिर अंकित टिसर्ट लगाएका युवालाई प्रहरीले वसन्तपुरबाट निकालेको हो । बालेनको तस्बिर र नाम प्रिन्ट गरिएको टिसर्ट लगाएका एक दर्जन युवक÷युवतीलाई प्रहरीले वसन्तपुरबाट हटाएको हो ।
प्रकाशित मिति: २०२४-०९-१७ , समय : १७:२०:०७ , ३ महिना अगाडि