कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की पुनः आमरण अनशन सुरु गरेका छन्। कोशी प्रदेशसभा सचिवालयअगाडि अनशनमा बसेका कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित घरमा पुर्याएको थियो। तर घरमा नबसिकन फर्किएर आएका उनी देवकोटा चोकनजिक अनशन बसेका छन्। उनले यसअघिको स्थान फेरेर पुनः अनशन सुरु गरेका हुन्।
यसअघि निषेधित क्षेत्रमा अनशन बसेपछि प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको थियो। अनशनस्थल फर्किएका कार्कीलाई प्रहरीले बस्न नदिएपछि उनी देवकोटा चोकमा अनशन बसेका हुन्।
प्रकाशित मिति: २०२४-०९-११ , समय : ०९:०६:५९ , ३ महिना अगाडि