अरविन्द मेहता । गरे के हुदैन्न र भन्ने उदाहरण बर्जु २ मा रहेको रामसिता माध्यमिक विधालयका विधार्थीहरुले गरेर देखाएका छन् । कक्षा १२ मा अध्ययरत्त प्राविधिक धारका विधार्थीहरुले एलइडी बत्ति निर्माण गरेका छन् ।
पढ्दै जाँउ कमाउँदै जाँउ भन्ने अवधारण अन्र्तगत विधार्थीहरुले निर्माण गरिएको एलइडी बत्तिलाई बर्जुका स्थानीय बजारमा बिक्री गर्ने रामसिता माध्यमिक विधालयका प्रअ सुरज कुमार मेहताले नेशनल सञ्चारलाई बताएका छन् । मेहताले भने ‘ यस विधालयमा अध्ययनरत्त इलेक्ट्रिकल इन्जिनियरिङका विधार्थीलाई ओजेटी ( अन द जब) कार्यक्रम अन्र्तगत बत्ति निर्माण गरेको र आगामी दिनमा थप नयाँ नयाँ वस्तु उत्पादनमा विधालयको सहयोग रहने बताएका छन् ।
मंगलबार विधालयको प्राङगनमा एलइडी बत्ति शुभारम्भ कार्यक्रममा बोल्दै बर्जु २ वडा अध्यक्ष महेन्द्र प्रसाद कामतले भने ‘ कमाउँदै जाउँ पढ्दै जाँउ भन्ने अवधारण विधालयले ल्याएकोमा खुसी लागेको छ । ’ कलिलो उमेरमा विधार्थीले प्राविधिक सिप सिकेर भविष्यमा यस क्षेत्रमा स्वरोजगार बन्न समेत सहयोगी हुने भएकाले अन्य विधालयमा पनि यो कार्यक्रम संचालन गनुपर्ने बताएका छन् । ’
प्रकाशित मिति: २०२४-०६-२५ , समय : १८:०४:२१ , ६ महिना अगाडि