विराटनगर महानगरको निर्णयविरुद्ध सफारी चालक सडकमा, आवागमन अवरुद्ध

विराटनगर महानगरपालिकाको निर्णयविरुद्ध सफारी चालक आन्दोलनमा उत्रिँदा सवारी आवागमन अवरुद्ध भएको छ ।

मुख्य राजमर्गमा सीटी सफारी गुडाउन प्रतिबन्ध लगाउने महानगरको निर्णयविरुद्ध शुक्रबार सफारी चालकहरूले सडक अवरुद्व पारेका हुन् । उनीहरुको आन्दोलनका कारण कोशी राजमार्गको बरगाछी क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ ।

शुक्रबार मध्यान्ह १२ बजेदेखि बरगाछीको ६ लेन सडकमा चालक आन्दोलनमा उत्रिएका छन् । सफारी नै राखेर आन्दोलनमा उत्रिएपछि सवारी आवागमन अवरुद्ध हुँदा अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालनमा समेत समस्या भएको छ ।

प्रकाशित मिति: २०२४-०८-३० , समय : १५:२६:४९ , ४ महिना अगाडि