नेपाल जलस्रोतको धनी भएतापनि जनता खानेपानी बाट वन्चित।।

बिराटनगर। जलस्रोतको क्षेत्रमा नेपाल दोस्रो नम्बरमा परे पनि स्वच्छ खानेपानी पिउनबाट आधा भन्दाबढी जनसंख्या वन्चित छ।

विश्व पानी दिवस २०८०को अबसरमा शान्तिका लागि पानी (water for peace) नारा सहित खानेपानी सिंचाई तथा उर्जा मन्त्रालयले शुक्रबार कार्यक्रम आयोजना गरेिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा खानेपानी, सिचाई तथा उर्जा मन्त्री नारायण बहादुर मगरको उपस्थिति रहेको थियो। यसका साथै प्रदेश १ को विभिन्न जिल्लाका खानेपानी डिभिजनका‌‌ शाखा प्रमुख तथा कर्मचारीहरु उपस्थिति थिए।

हाल विश्वको विभिन्न स्थानहरूमा पानीको समस्या भइरहेकोले हाईड्रो पोलिटिक्स सुरु भएकाले शान्तिको लागी पानी भन्ने नाराको महासाखा प्रमुख धिरेन्द्र कुमार केशरले बताए।कार्यक्रम अन्तर्गत मानगढ खानेपानीका अध्यक्ष राम बहादुर धिमिरेले २०७९ को डाटा अनुसार नेपालको खानेपानीको समस्या र समाधानको बारेमा प्रस्तुत गरे। परिवारहरुमा मुख्य खानेपानी आयोजना, खानेपानीको अवस्थामा तथा उपलब्धता, स्वच्छ, खानेपानी गुणस्तर निर्देशनका २०७९ अनुसार मापदण्डहरूको कुराहरु बिस्त्रित रुपमा बताए। विपन्न गरिब तथा सुकुम्बासीका लागी खानेपानी तथा सरसफाई कार्यक्रमको आयोजना गर्नुपर्ने उनको भनाइ रहेको छ।

इटहरीमा हाल २३,१८१ वटा धाराहरु जडान गरि पानी वितरण गरिएको र सरकारले देश बन्ने हिसाबले निती बनाउनु पर्ने र गरिबीको निवारण गर्नुपर्ने ईटहरी खानेपानी अध्यक्ष राम प्रसाद चौलागाईले बताएका। मन्त्रीले कर्मचारीको योजना कार्यान्वयन गर्नु भन्दापनि आफै खानेपानीको‌ कार्य योजना बनाउनुपर्ने उनको भनाई रहेको छ।

देशमा खानेपानीको निकै नै हाहाकार मच्चिरहेकाे हुदा यस बिषयमा गम्भीर ध्यानाकर्षण भएको र समाधान गर्नमा लागी पर्ने मन्त्री नारायण बहादुर मगरले बताए। आगामी दिनमा गरिबीको घरमा धारा जडान मात्र नगरी गरिबीको निवारण पनि गर्ने उनले बताए।

कार्यक्रममा १३ जना बिभिन्न जिल्लाका खानेपानी उपभोक्ता समितिका अध्यक्षहरुलाई मन्त्री मगर द्वारा सम्मान पत्र बितरण गरियो

प्रकाशित मिति: २०२४-०३-२३ , समय : १९:०४:४७ , ९ महिना अगाडि