काठमाडौंको माइतीघरस्थित राष्ट्रिय झण्डा राखिएको पोलमा चढेर एक महिलाले हाम फाल्ने प्रयास गरेकी छिन् ।शनिबार दिउँसो पोलमा चढेर हाम फाल्ने प्रयास गरेकी सहारा शाहीलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
२ वर्षसम्म लिभिङ रिलेशनमा बसेका पुरुषले विवाह गर्न नमानेको भन्दै उनी उक्त पोलमा चढेकी हुन् ।विगत एक महिनादेखि उनी माइतीघरमा धर्ना बस्दै आएकी थिइन् । माइतीघरमा आफूले छाडेको ब्यानर हराएको भन्दै उनी शनिबार उनी पोलमा चढेकी प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०८-१० , समय : १६:४०:३९ , ५ महिना अगाडि