नापी कार्यालय ललितपुरका सर्वेक्षकसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक सञ्जीव कुमार यादव, भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरका खरिदार मोतीराम सुवेदी र आरबि लेखापढी सेन्टरका संचालक राम बाबु भुजेलविरुद्ध मुद्दा दायर गरेको हो ।

जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको साथमा ४ लाख नगद फेला परेको थियो ।

यसबारे अनुसन्धान गर्दा उनीहरुले सेवाग्राहीसँग सो रकम घुस/रिसवत लिएको पाइएको छ । उनीहरुविरुद्ध सो रकम बराबरको बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।

प्रकाशित मिति: २०२४-०८-०७ , समय : १८:०६:०२ , ५ महिना अगाडि