इटहरी उपमहानगरले चार वटा नगर बस सञ्चालन गर्दै

इटहरी उपमहानगरपालिकाले अब सहुलियत बस सेवा सुरु गर्ने भएको छ । नगरले खरिद गरेका चार वटा बस मंगलबार इटहरी ल्याइएको छ ।बस सेवा दिँदै इटहरी उपमहानगर, किन्यो ४ वटा विद्युतीय बस इटहरी नगरभरि सहज र सरल रूपमा यातायातको सेवा पुर्‍याउन विद्युतीय नगर बस सञ्चालनमा ल्याउन लागेको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

असोज १ गतेबाट इटहरीमा नगर बस सन्चालनमा ल्याउने प्रमुख पौडेलले जानकारी दिए । ‘चार वटा बसले इटहरीको ४ वटै क्षेत्रलाई कभर गर्ने हिसाबले रुट तय गर्ने गरी काम भइरहेको छ,’ नगरप्रमुख पौडेलले भने, ‘जनतालाई सहुलियतमा यो सेवा दिन लागिएको हो ।’

प्रकाशित मिति: २०२४-०८-०६ , समय : १९:५४:४५ , ५ महिना अगाडि