सरकारले वास्ता नगरेपछि सहकारीपीडितले मुखमा टेप लगाएर बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन्। पटक पटक सहमति गरे पनि बचत रकम फिर्ता लिन कुनै पहल नगरेको भन्दै उनीहरूले मानव साङ्लो बनाएर प्रदर्शन गरेका हुन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा पीडितले तत्काल बचत रकम फिर्ता गराउन सरकारसँग माग गरेका छन्।
सहकारीमा डुबेको बचत रकम फिर्ता हुनुपर्ने माग गर्दै उनीहरू गत जेठ ११ गतेदेखि रिले अनशनमा थिए। यतिका दिनसम्म सरकारले वास्ता नगरेपछि मुखमा टेप लगाएर विरोध जनाएका हुन्।
प्रकाशित मिति: २०२४-०८-०१ , समय : १६:०८:०४ , ५ महिना अगाडि