भारतलाई हराउँदै पहिलो पटक श्रीलंकाले जित्यो महिला एसिया कपको उपाधि

सातौं पटकको च्याम्पियन भारतललाई हराउँदै श्रीलंकाले एसीसी महिला एसिया कपको उपाधि पहिलो पटक जितेको छ।श्रीलंकालाई पहिलो उपाधि जिताउने क्रममा हर्षिता समरविक्रम र चमारी अथपथुले शानदार ब्याटिङ गर्दा भारत ८ विकेटले पराजित भयो।

आइतबार भएको उपाधि भिडन्तमा भारतले दिएको १६६ रनको चुनौती श्रीलंकाले ८ बल बाँकी हुँदै मात्र २ विकेटको क्षतिमा पूरा गर्यो।श्रीलंकाका लागि अविजित रहेकी हर्षिता समरविक्रमले ६९ रन जोडिन्। ५१ बल खेलेकी उनले ६ चौका र दुई छक्का हानिन् ।कप्तानसमेत रहेकी ओपनर चमारी अथपथुले ४३ बलमा ९ चौका र २ छक्का प्रहार गरिन्। कविशा दिल्हारी ३० रनमा अविजित रहिन्।

भारतकी दिप्ती शर्माले १ विकेट लिइन्।

त्यसअघि रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस जितेर पहिला ब्याटिङमा उत्रिएको भारतले स्मृति मान्धनाको अर्धशतकीय मद्दतमा ६ विकेट गुमाउँदै १६५ रन बनाएको थियो ।स्मृतिले ५६ बलमा १० चौकासहित ६० रन जोडिन्। भारतका लागि ऋचा घोष ३०, जेमिमाह रोड्रिग्जे २९, शेफाली वर्मा १६ र कप्तान हरमनप्रीत कौरले ११ रनको योगदान गरिन्।
श्रीलंकाकी कविशा दिल्हारीले सर्वाधिक २ विकेट लिँदा सचिन निसानशााल, चमारी अथपथु र उदेशिका प्रबोधनीले एक÷एक विकेट लिए ।

यसअघि भारतले सुरुका ६ संस्करणको उपाधि लगातार उचालेको थियो । जसमा चार संस्करणको फाइनलमा श्रीलंकाले हार भोगेको थियो । दुई पटक भारतले पाकिस्तानलाई हरायो भने एक पटक बंगलादेश पराजित भएको थियो। यससँगै चार पटकको उपाधि भिडन्तमा ब्यहोरेको हारलाई पनि श्रीलंकाले तोडेको छ।

प्रकाशित मिति: २०२४-०७-२९ , समय : ०६:२७:३१ , ५ महिना अगाडि