सहकारीको छानविन गर्न गठीत संसदीय छानविन समितिले देशभरका स्थानीय तहसँग आफू मातहतमा रहेका सहकारीको विवरण पठाउन पत्राचार गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानिवन विशेष समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमाफृत देशभरका स्थानीय तहलाइ विवरण उपलव्ध गराउन पत्राचार गरेको हो ।
समितिको गत ४ साउनमा बसेको बैठकले देशभरका सहकारीको अवस्था वुझ्ने निर्णय गरेअनुसार स्थानीय तह मातहत दर्ता भएका सहकारीको विवरण मागिएको समितिले जनाएको छ । समितिले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघसँगको सहकार्यमा स्थानीय तहमा रहेका सहकारीको विवरण हेर्न खोजेको हो ।
समितिले प्रदेशको नियमन मातहतका सहकारीको समेत विवरण माग गरेको छ । समितिले स्थानीय तहका लागि फाराम नै बनाएर २४ वटा विषयमा जानकारी मागेको छ ।
जसमा सहकारीको दर्ता अवस्था, संख्या, शेयरधनी, बचतकर्ताको संख्या, बचत रकम, भाखा नाघेको ऋण, जोखिमको अवस्था, समस्याग्रस्त भए नभएको विवरण लगायतका सूचना स्थानीय तहसँग माग गरेको हो । यस्तो विवरण १५ दिनभित्र समितिका साथै संघीय संसदलाई समेत उपलव्ध गराउन भनिएको छ ।
प्रकाशित मिति: २०२४-०७-२९ , समय : ०६:२२:५१ , ५ महिना अगाडि