प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट दुइतिहाइ विश्वासको मत प्राप्त गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् ।
कूल २६३ मत रहेकोमा प्रधानमन्त्री ओलीले १८८ मत प्राप्त गरे । उनको विपक्षमा ७४ मत परेको थियो । १ सांसद तटस्थ बसे । ओलीले संसदबाट दुई तिहाइ मत पाएका छन् ।
नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्री पदमा नियुक्त भएका नेकपा एमालेका अध्यक्ष ओलीले त्यसको भोलिपल्टै पदभार ग्रहण गरेका थिए ।
प्रकाशित मिति: २०२४-०७-२१ , समय : १९:१८:२० , ५ महिना अगाडि