काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति सार्वजनिक गरेका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनका लागि दुई दलबीच भएका सहमति सार्वजनिक गरेका हुन्।
सत्ता पक्षकै सांसदहरुले दुई दलबीच भएका सहमति सार्वजनिक गर्न माग गरेका थिए। उनले सात वटा बुँदा के–के न लुकाइयो भन्ने भावले प्रश्न गरिएको भन्दै ती सहमतिहरु देश र जनताको विकासका लागि भएको प्रष्ट्याएका छन्।
प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारको दुई वर्ष ओली र त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने, राष्ट्रिय हितको रक्षा गर्न र भ्रष्टाचारको अन्त्य गरी सुशासन दिन न्यूनतम साझा कार्यक्रम तय गरी सरकार सञ्चालन गर्ने, राष्ट्रिय सहमतिको सरकारको लागि दुई ठूला दलको नेतृत्वदायी भूमिकाको आधारमा सरकारमा समान भूमिका रहने र अन्य दललाई पनि सहभागी गराउने, राष्ट्रिय सहमतिको सरकार गठनको भावनाअनुरुप प्रदेश सरकार गठन र सञ्चालन गर्ने बिषय समेटिएको बताएका हुन्।
प्रकाशित मिति: २०२४-०७-२१ , समय : १४:३२:०२ , ५ महिना अगाडि