काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।प्रधानमन्त्री ओलीको विश्वासको मत प्रायोजनका लागि बोलाइएको बैठक सुरु भएको छ ।
दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ मत आवश्यक पर्दछ । प्रधानमन्त्री ओलीलाई माओवादी, रास्वपा, राप्रपा र नेकपा एसले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् ।
प्रकाशित मिति: २०२४-०७-२१ , समय : १४:१२:११ , ५ महिना अगाडि