बजेट खर्च गर्न मधेश सरकारले दियो अख्तियारी

वीरगन्ज । मधेस सरकारले चालू आर्थिक वर्ष सुरु भएसँगै बजेट खर्च गर्ने अख्तियारी दिएको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ को बजेट खर्च गर्न अख्तियारी प्रदान गरेको हो ।
अर्थ मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री सतिश सिंहले बिहीबार सबै मन्त्रालय, विभागीय प्रमुख तथा कर्मचारीहरूलाई बोलाएर सरकारले ल्याएको बजेट रकम खर्च गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री सिंहले २ साउन २ गतेदेखि सरकारको बजेट खर्च गर्न अख्तियारी दिएका छन् । मन्त्रालयका कर्मचारी तथा प्रमुखहरूलाई १०/११ पेजको गाइड लाइनसहित काम गर्न अख्तियारी दिइएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०७-१८ , समय : १५:५३:३४ , ५ महिना अगाडि