सरकारले बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाहरुका परिवारलाई १० लाखका दरले राहत उपलब्ध गराउने भएको छ।
सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। बैठकले विपद्मा परी १० दिनसम्म बेपत्ता भएकाहरुलाई पनि मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय गरेको छ।
यसअघि सो व्यवस्था नभएकाले मन्त्रिपरिषद् बैठकले सो निर्णय पनि गरेको नेपाल सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।
प्रकाशित मिति: २०२४-०७-१६ , समय : ०६:५५:३५ , ५ महिना अगाडि