काठमाडौँ – गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर धितो राखी ऋण निकाल्नेहरुलाई सम्पति सुद्धिकरण मुद्दामा सजाय निर्धारण गरेको छ।आइतबार विशेष अदालतका न्यायधीशहरू खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले असार २३ गते दोषी ठहर गरेकोका आइतबार सजाय निर्धारण गरेको हो।
दोषी ठहर भएकाहरुमध्ये विल्वा भूमी वन प्रालिका नक्कली प्रतिनिधि रेशम बहादुर सिलवाल र मेरलाइन इन्टरप्राइजेजका उविन्द्रराज शाक्यलाई चार/चार वर्ष सय तोकिएको छ।त्यस्तै मुक्तिनाथ गौतम र एककुमार महर्जनलाई दुई दुई वर्ष सजाय पाएका छन्। उनीहरु चारै जनालाई ७ करोड ६० लाखका दरले जरितवाना भएको छ।
त्यस्तै रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई जनही एक वर्ष कैद र तीन करोड ८० लाखका कदरले जरिवाना भएको छ।बारामा रहेको अमात्यको १२ बिघा जग्गाको कीर्ते गरेर उनीहरुले कुमारी बैंकबाट १९ करोड ऋण लिएका थिए।नीहरुमाथि अनुसन्धान गरेर सिआइवीले दायर गरेको किर्ते ठगी मुद्दामा पनि दोषी ठहर भएका थिए।
प्रकाशित मिति: २०२४-०७-१५ , समय : ०७:०२:४७ , ६ महिना अगाडि