भोजपुर / भोजपरको पौवादुङमा गाउँपालिकाको तेस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका केन्द्र च्याङ्गेमा कार्यक्रम सम्पन्न भएको हो । तेस्रो चौमासिक अवधिसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिकलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराईले गाउँपालिकाले यो अवधिसम्म गरेका काम, गाउँपालिकामा सञ्चालित योजना, नीतिगत निर्णय तथा हालसम्मको प्रगतिको विषयमा प्रतिवेदन पेश गर्नुभयो ।
सार्वजनिक सुनुवाईकार्यक्रम मार्फत गाउँपालिकाले सञ्चालन गरेका योजना तथा कार्यक्रमाको बारेमा जानकारी गराईएको गाउँपालिका उपाध्यक्षल ज्योत्सना राईको भनाइ छ । कार्यक्रममा स्थानीय नागरिकले उठाएका सवालको जबाफ दिदै गाउँपालिका अध्यक्ष किरण राईले पौवादुङमा गाउँपालिकाले यहाँको सबै क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम गरिएको बताउनुभयो । खास गरे गाउँपालिका ठूला योजना सञ्चालनमा जोड दिएको अध्यक्ष राईले बताउनुभयो ।
प्रकाशित मिति: २०२४-०७-१४ , समय : १५:४१:२३ , ५ महिना अगाडि