वासिङटन डिसी : अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ। पेन्सिलभेनियाको बटलरमा एक र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार भएको हो। ट्रम्प बटलरमा मञ्चमा बोल्दै गर्दा गोली चलेको थियो। ट्रम्पले दाहिने कानको माथिल्लो भागमा गोली लागेको हो।एजेन्टहरूले ट्रम्पलाई उभिन मद्दत गर्दा ट्रम्पको अनुहार र कानमा रगत देखिएको थियो।
दुर्घटनाका सम्बन्धमा ट्रम्पले आफूलाई दाहिने कानको माथिल्लो भागमा गोली लागेको बताए। उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका छन् , ‘मैले कान नजिकै असजिलो महसुस गरें, जसले मलाई तुरुन्तै केही गलत भएको महसुस गरायो। धेरै रगत बगेको थियो।’
ट्रम्पले युनाइटेड स्टेट्स सेक्रेट सर्भिस र सबै कानून प्रवर्तन अधिकारीहरूलाई धन्यवाद दिएका छन्। ‘र्यालीमा ज्यान गुमाएका व्यक्तिका परिवार र गम्भीर घाइते भएका अर्का व्यक्तिका परिवारजनमा समवेदना प्रकट गर्न चाहन्छु। हाम्रो देशमा यस्तो घटना हुनु दुर्भाग्यपूर्ण हो। गोली प्रहार गर्नेको हत्या भइसकेको भए पनि हालसम्म केही थाहा हुन सकेको छैन।’ ट्रम्पले भनेका छन्।
प्रकाशित मिति: २०२४-०७-१४ , समय : १०:१७:३२ , ५ महिना अगाडि