कोशी खेलकुद विकास बोर्डले राष्ट्रपति रनिङ शिल्ड र अन्तर-प्रदेश प्रतियोगिताका पदक विजेता खेलाडीलाई सम्मान गर्दै

विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डले काठमाण्डौँमा सम्पन्न १४ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड तथा चितवनमा सम्पन्न अन्तर-प्रदेश प्रतियोगिताका पदक जित्ने कोशी प्रदेशका खेलाडीलाई सम्मान गर्ने भएको छ । असार ३० गते आइतबार विराटनगरमा कार्यक्रम गर्दै खेलकुद विकास बोर्डले प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई सम्मान गर्ने भएको हो ।

आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण (पर्शुराम ) बस्नेतले बोर्डले प्रदेशको तर्फ बाट पदक विजेता खेलाडीसँगै प्रशिक्षक तथा व्यवस्थापकलाई समेत सम्मान गर्ने तयारी गरेको बताउनु भएको थियो । बस्नेतका अनुसार रनिङ शिल्ड र अन्तर-प्रदेश खेलकुदमा स्वर्ण , रजत र कास्य पदक विजेताहरूलाई प्रशिक्षक तथा व्यवस्थापकलाई नगद सहित सम्मान गर्न लागिएको हो ।

बस्नेतले पदक विजेता खेलाडीसँगै कोशी प्रदेशमा रहेर लामो समय देखी फुटबलमा योगदान पुर्याउनु भएका मोरङका सन्तोष बानियाँ र मार्सल आर्टका झापाका मदन उप्रेतीलाई समेत सम्मान गर्न लागिएको जानकारी दिनु भयो ।

प्रकाशित मिति: २०२४-०७-१४ , समय : ०८:०३:१९ , ५ महिना अगाडि